देउवा–प्रचण्डले सुझबुझपूर्ण तवरले गठबन्धनलाई अगाडी बढाए एमाले धेरै तल हुने माओवादी नेता शर्माको दाबी

File Photo

काठमाडौँ – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् ।

गठबन्धन निर्वाचन पछि पनि कायम रहने नेता शर्माले बताए । संविधान र लोकतन्त्रको रक्षाको लागि, सडकमा जाने सन्दर्भमा यो गठबन्धन जुटेको उनको भनाई थियो । ‘संविधान र राष्ट्रको हितलाई केन्द्रमा राखेर गठबन्धन बनेको हो । गठबन्धन सरकार बन्नु आवश्यकता थियो ।’ उनले भने, ‘नेकपा विभाजन भयो, यो वामपन्थीहरूको लागि दुःखको विषय हो । ओलीले निषेधको राजनीति गर्नुभयो । उहाँले चालेका कदमका कारण राजनीतिक अस्थिरताको स्थिति सिर्जना भयो ।’

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले निर्वाचनको सन्दर्भमा गठबन्धन गर्ने कुरा प्राकृतिक भएको पनि स्पष्ट पारे । उनले वर्तमान सरकारले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विश्वास पनि व्यक्त गरे । उनले गठबन्धनभित्र सिट बाँडफाँटमा छलफल भैरहेको सुनाए । सिट बाँडफाँटको विषयमा कांग्रेस जिम्मेवार भएको उनको भनाई छ ।

उनले गठबन्धनमा राम्रो एकता हुने भयो भने एमाले धेरै तल हुने दाबी गरे । उनले यसको लागि देउवा र प्रचण्डले सुझबुझपूर्ण तवरले गठबन्धनलाई सँगै लिएर जान सके गठबन्धनले जित्ने उनको दाबी थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्