सत्तारुढ गठबन्धनलाई सिट बाँडफाँट मिलाउन सकस

File Photo

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ ।

गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए ।

कार्यदलमा रहेका नेताहरुले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्