कालोबजारीको लागि राखेका मलखाद सहित पक्राउ

बारा, कालोबजारी गर्नको लागि स्टोर गरी राखेको २ सय ९ बोरा मलखाद सहित कलैया उपमहानगरपालिका-२३ कोइरीया टोल बस्ने सोही ठाउँस्थित कुश कृषी सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारी संस्थाले कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि नेपाल सरकारबाट अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त सहकारी संस्था तलासी गर्दा डिएपी मल १ सय १८ बोरा र खुल्ला २७ किलोग्राम, युरीया मल २९ बोरा र खुल्ला ३८ किलोग्राम, पोटास मल ६१ बोरा र खुल्ला २७ किलोग्राम र खेती शक्ति मल लेखिएको फसफेट १ बोरा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्