तीजमा नाचगान गर्ने क्रममा चट्याङ लागेर दाङमा दुई किशोरीको ज्यान गयो

दाङ – दाङमा चट्याङ लागेर दुई जना किशोरीको ज्यान गएको छ । तीजको दिन मंगलवार राति नाचगान गर्ने क्रममा चट्याङले लाग्दा घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घटनामा ज्यान जानेमा गुरौगाउँका १६ वर्षीया दीपा घर्ती र १९ ‍वर्षीया मोनिसा शाह रहेका छन् । तीजको दिन घरमा पूजापाठ सकेर रातिमा सालडाँडामा जम्मा भएर नाचगान गर्ने क्रममा चट्याङले लागेको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिनुभएको छ ।

चट्याङ लागेर १२ जना भन्दा बढी महिला घाइते भएको र उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले थप जानकारी आउन नसकेको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।

उज्यालो अनलाईनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्