कञ्चनपुरका समाजवादीका ठूला नेताहरु एमालेमा फर्किने, स्वागत गर्न ओली बुधबार कञ्चनपुर जादै

FILE PHOTO

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुर जाने भएका छन् । कञ्चनपुर पुगेर ओलीले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई एमालेमा प्रवेश गराउने छन् । समाजवादी पार्टीका प्रदेश अध्यक्षसहितका प्रदेशका ठूला नेता नेकपा एमालेमा फर्किने भएपछि ओली स्वागतका लागि कञ्चनपुर जान लागेका हुन् । एमाले कञ्चनपुरका अनुसार समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, प्रदेश सभा सदस्य तारालामा तामाङ, नेता बीरबहादुर बुढाथोकी, बेदकोट नगरपालिकाका निर्वतमान मेयर अशोक चन्द, नेता रामचन्द्र रेग्मीलगायत नेताहरु पार्टी प्रवेशको कार्यक्रम छ। कञ्चनपुरमा समाजवादीमा लागेका ८० प्रतिशत नेता कार्यकर्ताहरु एमालेमा फर्किन लागेका दाबी गरिएको छ।

समाजवादी पार्टीका प्रदेश अध्यक्षसहितका प्रदेशका ठूला नेता नेकपा एमालेमा फर्किने भएपछि झट्का लाग्ने भएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्