बीमा विद्येयक २०७९ संसदबाट पारित

बीमा विद्येयक २०७९ संसदबाट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा छलफलका लागि पेश भएको विद्येयक संसदबाट बहुमतले पारित भएको हो । अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित छलफल गरेर संसदबाट बीमा विद्येयक २०७९ पारित भएको हो ।

छलफलमा उठेका जिज्ञासहहरुको जवाफ दिदै अर्थमन्त्री शर्माले बीमा प्राधिकरण स्वायत्तता हुने बताएका छन् । बीमा विद्येयक पारित भएपछि बन्ने बीमा प्राधिकरण स्वायत्त हुनेछ । बीमा क्षेत्रको नियमन निकाय बीमा प्राधिकरण स्वायत्त हुने र कुनै हस्तक्षेप नहुने बताएका हुन् ।

यस्तै मन्त्री शर्माले स्वास्थ्य बीमा ऐनलाई बीमा विद्येयकले कुनै हस्तक्षेप नगरेको पनि जानकारी गराए । बिद्येयक राष्ट्रिय सभाबाट पारित भएर राष्टपतिद्धारा स्वीकृत भएपनछि ऐनको रुपमा लागू हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्