सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको नेम्वाङको आरोप

पाँचथर – नेकपा एमालकेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा आज मङ्गलवार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् ।

यस्तै उनले आउँदो मङ्सिर ४ गते प्रदेश सभा र सङ्घीय चुनावमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताए । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनको भनाई छ ।

उपनेता नेम्वाङले वर्तमान सरकारका कमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताए ।
त्यसैगरी कार्यक्रममा एमालेका अर्का नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्