स्कुल बसले ठक्कर दिंदा तीन वर्षीया बालिकाको मृत्यु

सांकेतिक तस्बिर

दाङ – दाङमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन । घाइते बालिकालाई उपचारका लागि लमही अस्पताल पु¥याइए लगत्तै उनको मृत्यु भएको थियो । प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्