पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ

सांकेतिक तस्वीर

दाङ – दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका–५ स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाले नुहाउने क्रममा बताएपछि शिक्षकले दुर्व्यवहार गरेको घटना बाहिर आएको हो ।

सोमबार पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा शिक्षक चौधरीलाई नियन्त्रणमा लिइएको छ । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्