पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

काठमाडौँ – दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो चार बजे उनीहरु मृत फेला परेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्