भूतको डरले स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी

काठमाडौं – हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन् ।

५० घरधुरी र २३० भन्दा बढी जनसङ्ख्या भएको खार्पुनाथ गाउँपालिका–३, काराङका गाउँवासीले काराङ खोलाको भूतले जन्मेको बच्चालाई खाइदिन्छ भन्ने विश्वास राख्दै आएका छन् । त्यसैले नवजात शिशुलाई काराङ खोला तराउने आँट यहाँका बासिन्दाले देखाउन सकेका छैनन् । सन्तान नजन्मिँदा देवीदेउतालाई भाकल गर्ने र बोका चढाउने यहाँको समाजले नवजात शिशुको सुरक्षाका लागि भन्दै खोला तर्न मान्दैनन् । राया स्वास्थ्य चौकीका संयोजक वीरसिंह रावलले खोलाको बाटो भएर हिँड्नुपर्ने भएपछि कोही पनि गर्भवती बच्चा जन्माउनका लागि स्वास्थ्य केन्द्र आउन नमानेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्