नवनियुक्त मन्त्रीहरुको सपथ आज हुने

काठमाडौं –  नवनियुक्त मन्त्रीहरूको सपथ आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुने भएको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले १ राज्यमन्त्री सहित ५ मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको हो ।

पुनर्गठित मन्त्रिमण्डलको सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई नियुक्त गरिएको थियो ।

एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्