दार्चुलाको शैल्यशिखर-७ मा रहेको बद्रिनाथ माविमा तालाबन्दी, प्रअले आर्थिक अनियमितता गरेको आरोप

FILE PHOTO

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यालयका प्रधनाध्यापक पूर्णानन्द जोशीले आर्थिक अनियमितता गरेको भन्दै विद्यालयमा ताला लगाइएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष केशबदत्त जोशीले बताउनुभयो । विद्यालयमा अनुपस्थित हुने, छात्रबृत्तिको रकममा अनियमितता गरेको, भवन निर्माणमा चलखेल गरेको, अनुशासन कायम नगरेको भन्दै विद्यार्थीहरुले तीनदिनदेखि ताला लगाएका हुन् ।
छात्रबृत्तिमा समान वितरण, आर्थिक पादर्शिता, विद्यालयमा उपस्थित भई स्पष्ट धारणा नराखेसम्म ताला नखोल्ने अडान लिएका छन् ।

उपहार खबरसँग कुरा गर्दै विव्यस अध्यक्ष जोशीले उहाँमाथि गम्भीर आरोप समेत लगाएका छन् । प्रअले विद्यालयको नाममा रहेको मुद्दती खाताबाट रकम निकासी गरि व्यक्तिगत रुपमा हिनामिना गरेको समेत आरोप लगाएका छन् । मोबाइल स्वीच अफ गर्ने, अनुपस्थित हुने गुनासो आएपछि उपहार खबरले यस विषयमा विद्यालयका प्रअसँग कुराकानी गर्न खोज्दा उहाँसँग भएको दुइवटै नम्बर स्वीच अफ गरिएको छ ।

दुई सय भन्दा बढी विद्यार्थी भएको बद्रिनाथ माविमा शिक्षकको भने अभाव देखिएको छ । नियमित रुपमा एकजना मात्रै शिक्षक उपस्थित हुने, लेखापाल समेत निरन्तर अनुपस्थित हुने गरेको पाइएको छ । शिक्षक अभाव झेल्दै आइरहेको यस विद्यालयमा भएका शिक्षकहरुपनि अनुपस्थित हुदा पठनपाठन चौपट भएको छ ।

यस विषयमा वडा अध्यक्ष पुष्पराज जोशीसँग कुराकानी गर्दा छात्रबृत्तिको रकममा हिनामिना नभएको र निकासा भई खातामा रहेको बताउनुभयो । उहाँले ताला खोल्ने विषयमा छलफल भइरहेको र आजै ताला खुल्ने बताएका छन् । विद्यालयको मुद्दती खातामा रहेको रकम निकासाका विषयमा केहि हिनामिना भएको खबर प्राप्त भएको छ त्यसविषयमा स्पष्ट बुझेर अन्य प्रक्रिया अघि बढाउने समते बताउनुभयो ।

शैल्यशिखर नगरपालिका वडा नंं ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालय यस वडाको बोहरीगाउँको मध्य भागमा रहेको छ । अधिकांश बस्ती भएको बोहरीगाउँ क्षेत्रका नानीबाबुहरु अध्ययनका लागि त्यहि विद्यालय जाने गर्दछन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्