बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै, कतिले पाउँछन् शेयर ?

काठमाडौँ – बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको शेयर आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल प्रिअलटमेन्टको काम सकाएर शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

शेयर निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार क्यापिटलको कार्यलय नक्सालमा आज असार ३ गते अपराह्न ३ बजे कम्पनीको बाँडफाँट गर्ने भएको हो । पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १३ लाख ६५ हजार कित्ता शेयरको १६.०७ गुणा बढी हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार एक लाख ३६ हजार ५०० जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्