नारायणगढ–मुग्लिन सडक एसियाली मापदण्डमा पुनर्निर्माण भएपनि बर्षादमा अवरुद्ध

FILE PHOTO

काठमाडौं- नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो ।

तर अहिले दिनहुँजसो नै उक्त सडक खण्ड पहिरोले अवरुद्ध हुने गरेको छ । वर्षामा हिले पहिरो र हिउँदमा सुक्खा पहिरोको जोखिम अरू बढेको छ । पाँच वर्षदेखि नारायणगढ–काठमाडौँ माइक्रो चलाइरहेका चालक रवि मोक्तान नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा हिउँद वर्षा जतिबेला पनि जोखिम रहेको बताए​ । उनले आँखा अगाडि सवारीसाधन पुरिएको स्मरण गरे । यो समाचारगोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्