मन्त्री हेरफेर गर्दै एकीकृत सामाजवादी

नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई बुधबार बसेको स्थायी कमिटीले अनुमोदन गरेको उनले बताए। ‘उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौं,’ खतिवडाले भने।

यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि-सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजग गराइने निर्णयसमेत गरेको उनले जानकारी दिए। पार्टीले निर्वाचनको समीक्षा गर्दा कांग्रेस र माओवादीलगायत पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने प्रयास गर्ने तथा विगतका कमजोरीलाई सच्याउन सबैलाई एक ठाउँमा ल्याउने र अझ परिष्कृत भएर अगाडि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताए।

उनका अनुसार असार १० गते पोलिटब्युराको बैठक, ११ गते केन्द्रीय कमिटी बैठक र असार १२ र २३ गते केन्द्रीय परिषद बैठक डाकिएको छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।

प्रतिवेदनमा परिमार्जन गरेर नयाँ राजनीतिक प्रतिवेदन गरिने र सो प्रतिवेदन केन्द्रीय कमिटीबाट अन्तिम रूप दिइने उनले बताए। यस्तै बैठकले कर्णाली प्रदेशमा २० जना प्रदेश सदस्य जना मनोनीत गरेको र पार्टी विरोधी गतिविधि गरेका १२ जनालाई हटाइएको उनले जानकारी दिए ।  रासस 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्