शेयर बजारमा देखिएका समस्या समाधानका लागि प्रयासरत छु : गभर्नर अधिकारी

काठमाडौं – शेयर बजारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । नेपाल पुँजीबजार लगानीकर्ता सङ्घले गभर्नर अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ । सो क्रममा गर्भनरले समाधानका लागि आफुपनि गम्भीर रहेको बताउनुभयो ।

अधिकारीलाई भेट्न आज मङ्गलवार राष्ट्र बैंकको मुख्यालय बालुवाटार पुगेका सङ्घका प्रतिनिधिले सरकार र राष्ट्र बैंकका नीतिका कारण साना लगानीकर्ता निकै समस्यामा परेको गुनासो गरेका छन् । सङ्घले यसअघि अस्ति आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर समस्या सुनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्