राजधानीको धोबीखोलामा एक पुरुषको शव फेला

सांकेतिक तस्बिर

काठमाडौँ – राजधानीको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । मंगलबार काठमाडौं महानगरपालिका ४ स्थित धोबीखोलाको पुल नजिक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो ।
घटनास्थलमा अहिले प्रहरी वृत्त महाराजगन्ज र उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले अनुसन्धान थालेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्