बैतडीमा एक पुरुष मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

सांकेतिक तस्बिर

बैतडी – बैतडीमा एक पुरुष मृत फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका वडा नं २ को गाजरी बजारमा अन्ताजी ४८ वर्षीय गगन सिंह धामी मृत फेला हुन् । वडा नं १ को ईराना घर भएका धामी बिहिबार बिहान साडे ६ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक कमल चौधरीको नेत्तृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्