दार्चुलाका तीन पालिकामा प्रमुख र उपप्रमुख दुवैमा पुरुष, गठबन्धनको कारण महिलाको अधिकार खाेसियो

काठमाडौँ – दार्चुलाका तीन पालिकामा प्रमुख उपप्रमुख दुवैमा पुरुष छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेद्वार रहने गरि मनोनयन पत्र पेश गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

तर, एउटा मात्र पदमा उम्मेदवारी दिँदा यो प्रावधान लागु नहुने पनि सोही ऐनमा उल्लेख नै छ । त्यसैले चुनावी तालमेल गरेका दलहरुले एउटा मात्र उम्मेदवार उठाउँदा पुरुषलाई नै उठाएका कारण ३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पुरुष चयन भएका हुन् ।

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी र उपाध्यक्षमा माओवादी केन्द्रका कल्यानसिंह धामी विजयी भएका छन् । ब्यास गाउँपालिकामा एमालेका मंगलसिंह धामी र माओवादी केन्द्रका विनोदसिंह कुँवर निर्वाचित भएका छन् । नौगाड गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दलजित सिंह धामी र उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् ।   यस्तै सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये दार्चुलाका ३ पालिका सहित २० वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पुरुष चयन भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्