नेप्सेमा लगातार गिरावट, मंगलबार ३५ अंकले घट्यो

काठमाडौँ – बजेट पछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार ओरालो लागेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९ ८० को बजेट सार्वजनिक भएसँगै कारोबार भएका दुवै दिन नेप्से परिसूचक ओरालो लागेको हो ।

सोमबार ५० अंकले ओरालो लागेको नेप्से आज पनि १.६३ प्रतिशतले ओरालो लागेको हो । आज नेप्से ३५.५३ अंकले ओरालो लागेर २१३७.९२ अंकमा कायम भएको छ ।

नेप्से लगातार घट्दा बजारमा १ अर्ब ३१ करोड ७७ लाखको कारोबार भएको छ । आज कारोबार भएकामध्ये एनआइसी एसिया बैंकको सवार्धिक ५ करोड ३८ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ८९ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्ट्रिलरीको ३ करोड ६८ लाखको कारोबार भएको छ । आज दिनभर बजारमा १९५ कम्पनीको सेयर कारोबार भएकोमा १७५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्