पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, ६ विदेशी सहित १९ यात्रु सवार

File Photo

काठमाडौँ – पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए । तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए ।

जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको दानीले बताए । जहाजको खोजीकार्य भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्