सम्पर्क विहिन भएको तारा एयरको जहाजमा चालक दलका सदस्य सहित यी हुन् २२ जना सवार (नामावली)

File Photo

काठमाडौँ – पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरितिर मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । यस्तै विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्