भरतपुरमा रेनुको अग्रता ७ हजार नघ्यो

काठमाडौं – भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् । अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ ।

मेयर

रेनु दहाल (गठबन्धन) ३५०४९

विजय सुवेदी (एमाले) २७६६१

जगन्नाथ पौडेल (स्वतन्त्र) ११८२३

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्