दार्चुलामा नेपाली काँग्रेसको लज्जास्पद हार भएपछि जिल्ला सचिव कार्कीले दिए राजिनामा

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाका जिल्ला सचिव पुलेन्द्र कार्कीले पदबाट राजिनामा दिएका छन् । नेपाली काँग्रेसले दार्चुलामा एउटा पालिकामा पनि चुनाव जित्न नसेकेका कारण नैतिकताको आधारमा जिल्ला कार्यसमितिको सचिव पदबाट कार्कीले राजीनामा दिएका हुन् । कार्की स्वयं दुहुँ गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । यस अघि भएको नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट कार्की सर्वाधिक मतका साथ जिल्ला सचिवमा निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्