दार्चुलाको शैल्यशिखर–६ ग्वानीमा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ – दार्चुलामा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्युभएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ ग्वानीमा २७७ नम्बरको हाइस दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु भएको एक स्थानीयले जानकारी दिए । दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्।

हाइस सडकबाट हाइस करिब १००० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्