हेलम्बुको अध्यक्षमा पुनः शेर्पा निर्वाचित

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अध्यक्षमा पुनः नेपाली काँग्रेसका निमा ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । उनी ५ हजार ३८६ मत ल्याएर उनी अध्यक्ष बनेका हुन् । एमालेका दावा लामा ४ हजार ६०४ मत ल्याएर पराजित भए । माओवादी केन्द्रका पेमा लामाले ८१३ मत पाए ।

उपमेयरमा कांग्रेसकै अप्सरा लम्साल लामिछाने निर्वाचित भएकी छिन् । उनले ५ हजार २१४ मत ल्याइन् । एमालेकी गंगा अर्यालले ४ हजार ६७१ मत ल्याएर चुनावमा पराजित बनिन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्