दार्चुलाको नौगाडमा माओवादी केन्द्रका दलजितसिंह धामी निर्वाचित

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । धामी ३ हजार ५ सय ८९ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार प्रेमसिंह धामीलाई ३९८ मतान्तरले पराजित गरेका हुन् । पराजित प्रेमसिंह धामीले ३ हजार १ सय ९१ मत ल्याएका छन् । प्रेमसिह धामी २०७४ को स्थानीय तह निर्वाचनबाट नौगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले दार्चुलाको जिल्ला अध्यक्ष समेत हुन् । यस्तै गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली काँग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् । उनले ३ हजार ७ सय ६७ मत पाए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका गौरीदेवी ठगुन्नाले २ हजार ८ सय ६७ मत प्राप्त गरे । दार्चुलाका ४ पालिकामा काँग्रेस र माओवादीले गठबन्धन गरेको छ ।

 

यस गाउँपालिकामा कूल जनसंख्या १६,४३४ रहेको छ भने कुल मतदाता संख्या ९,५९६ रहेको छ । जसमा ५,०१२ पुरुष र ४,५८४ महिला रहेका छन् । यस गाउँपालिकामा ६ वडा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्