देशभर पाँच स्थानको स्थानीय तह निर्वाचन स्थगित

काठमाडौं – पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो ।

पाँचखाल नगरपालिकाको वडा नं. १३ कोशीदेखास्थित सीता मावि केन्द्रमा निर्वाचन अधिकृतले एमाले सम्बद्ध एकजना व्यक्तिलाई चारवटा मतपत्र दिएको भन्दै गठबन्धनका कार्यकर्ताहरुले विरोध गरेपछि तनाव सुरु भएको थियो । त्यसक्रममा गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको हो । निर्वाचन कार्यालयका अनुसार दुईवटा मतदान केन्द्र रहेको सो विद्यालयमा १ हजार ७७८ मतदाता थिए । करिब ३ सय मत खसेपछि विवाद सुरु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्