सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुनसक्ने

सप्तरी – सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुने भएको छ । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने भएको हो ।

तर स्थगितको औपचारिक निर्णय हुन बाँकी छ । सूचना निकालेर त्यो मतदान केन्द्रमा निर्वाचन स्थगित गरी फेरि छिट्टै मतदान गर्नुपर्ने हुन्छ । एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले एउटाको साटो अर्को चिन्हमा मतदान गरेको भन्ने आरोपबाट विवाद शुरु भएको हो । विवादले उग्र रुप लिएपछि आक्रोशित समूहले मतपेटिका फोडेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्