मतदान गर्न रौतहट पुगेका नेपाललाई मतदाताले चोर भनेपछि . . .

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ । रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन् ।

नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए । नेपाललाई एमाले नेता कार्यकर्ताले नारा जुलुस गर्दै दुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्