झडपमा मतदान अधिकृत घाइते भएपछि उद्धारका लागि सेनाको हेलिकप्टर हुम्लातिर

सांकेतिक तस्विर

झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए ।

उनले घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए । मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्