बझाङमा शंकास्पद बस्तु भेटिएपछि सुरक्षाकर्मी परिचालन, मतदानमा ढिलाइ

बझाङ – बझाङको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर १ को नारायण माविमा रहेको मतदान केन्द्रको प्राङ्गणमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनासहित सुरक्षाकर्मीको टोली परिचालन गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कपडाले बेरिएको अबस्थामा कुकुर बम रहेको सुरक्षाकर्मीको आशंका छ । यस्तै बझाङ्को बुङ्गल नगरपालिकामा पनि मतदान केन्द्र जाने बाटोमो पनि शंकास्पद बस्तु भेटिएपछि सुरक्षाकर्मी परिचालन गरेको प्रहरीको भनाइ छ । ती दुई ठाउँमा सुरक्षाकर्मीले सिल गरेकाले मतदानमा ढिलाइ भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्