आईपीएल : चेन्नई सुपर किङ्ग्स ९१ रनले विजयी, दिल्ली क्यापिटल्स पराजित

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्स ९१ रनले विजयी भएको छ । मुम्बईमा गएराति सकिएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो ।

चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन जोडे । यस्तै, शार्दुल ठाकुरले २४, ऋषव पन्तले २१ र डेभिड वार्नरले १९ रन बनाए ।

चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी,सिमर्जित सिंह र ड्वाने ब्राभोले २/२ विकेट लिए । यस्तै, महेश थिकशनाले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।

चेन्नईका लागि डेभोन कोन्वेले ८७ रनको अर्धशतकीय पारी खेले भने रुतुराज गायकवाडले ४१ रन, शिवम् डुबेले ३२ र कप्तान महेन्द्र सिंह धोनीले २१ रन जोडे । दिल्लीका एन्रिच नोटिर्जले ३ विकेट लिए भने खलिल अहमेदले २ र मिचेल मार्सले एक विकेट लिए । जितसँगै ११ खेलमा ८ अङ्क जोडेको चेन्नई अङ्क तालिकाको आठौँ स्थानमा छ ।

दिल्ली ११ खेलमा १० अङ्क जोडेर पाँचौँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्