दिल्लीको प्लेअफ सम्भावना कायमै, हैदारावाद पराजित

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीसँग हैदराबाद २१ रनले पराजित भयो ।

दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो । हैदराबादका निकोलस पुरनले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

एडिन मार्क्रमले ४२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। दिल्लीका डेभिड वार्नर र रोभम्यान पावेलले अर्धशतकीय पारी खेले ।

वार्नरले अविजित ९२ रन तथा पावेलले ६७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १/१ विकेट लिए । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अङ्क जोडेको छ । समान खेलमा हैदराबाद १० अङ्कका साथ छैटौँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्