कर्मचारीलाई यातना दिइएको छैन : निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एक कर्मचारीलाई यातना दिएर बेहोस’ शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पु¥याइएको जनाएको छ ।

अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए । कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ मात्र गरिएको जानकारी उनले दिए । रासस

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्