रेनुलाई जिताउन देउवा-प्रचण्ड चितवन जाने

काठमाडौं – यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनमा बढि केन्द्रित हुने भएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चितवनको आमसभामा सम्बोधन गर्न जाने भएका छन्।

गठबन्धनले यही बिहीबार भरतपुरस्थित हाकिम चोकमा चुनावी आमसभा गर्ने तयारी गरेको छ । त्यस सभालाई सम्बोधन गर्नका लागि देउवा र दाहालको साथै गठबन्धनका शीर्ष नेताहरु नै चितवन जाने जनाईएको छ ।

भरतपुरमा गठबन्धनको तर्फबाट मेयरमा रेनु दाहाल उठेकी छिन् । तर, कांग्रेसबाट भने पूराना नेता जगन्नाथ पौडेल मेयरमा उठेका छन् । उनले पार्टी नेतृत्वलाई नै चूनौति दिएर उम्मेद्धवारी दर्ता गारएका थिए । उनको उम्मेद्धवारी फिर्ता गराउनको लागि कांग्रेस नेतृत्वले ठूलो मेहनत गरेको थियो ।

तर, उनी ब्याक भएनन् । पार्टीले भने उनलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरेको छ । चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा गठबन्धनबीच चुनावी तालमेल भएको छ । मेयरमा रेनुसँग एमालेको तर्फबाट विजय सुवेदी चुनावी प्रतिष्पर्धामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्