जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु

गोरखा – गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।

सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिका, चनौटेका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गाडी रोकेर चालक बाहिर निस्केको बेला एक्कासी गाडी पछाडी गुडेर तल खसको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडी सडकबाट करिव दुई सय मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्