केशव स्थापितले बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनेपछि . . .

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अराजनीतिक टिप्पणी गरेका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेनलाई फुच्चे र अन्तर्राष्ट्रिय ठग भनेका छन् । ‘एउटा फुच्‍चे भन्‍ने बालेन शाह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ’ स्थापितले भनेका छन् ।

उनले बालेन शाहले आफ्नो जातीय पहिचान लुकाएको पनि आरोप लगाएका छन् । ‘‘म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन शाह । हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको शाह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ? सुरुवातमै ठग क्या, दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ठग्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरेर आउनुपर्दैन ?’ स्थापितले भनेका छन् ।

बालेन शाहले जनतासँग आँखा जुधाएर हेर्न पनि नसकेको स्थापितले बताए । ‘जहिले पनि चश्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत नै रहेनछ । युवाहरुसँग फेस टु फेस बसेर कुरा गर्नुप¥यो नि !’ स्थापितले भनेका छन् ।

उनले बालेन आफ्नो प्रतिस्पर्धी नै नभएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्