चिकित्सा शिक्षाको परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी, जेहनदार विद्यार्थी मारमा

चिकित्सा शिक्षा आयोगले यही मिति २०७८ साल चैत्र १८ गते लिइएको एमबिबिएस लगायतका अन्य परीक्षामा नक्कली परीक्षार्थीहरुको बिगबिगीले चिकिस्था शिक्षा आयोगको तयारी र गुणस्तरमाथि नै प्रश्नचिन्ह​​ खडा गरेको छ । स्वास्थ​ जस्तो संवेदनशील विषयमा भएका यस्ता लापरवाहीले भयानक परिमाण ल्याउने कुरामा दुईमत छैन ।

झण्डै २० % भन्दा बढी नक्कली परीक्षार्थीहरुको सहभागीताले त डाक्टर बन्ने सपना बोकेका हजारौं विद्यार्थीहरूको सपना, सपना नै रहने देखिन्छ । २० % नक्कली परीक्षार्थीहरुको कुरा आउँदासम्म पनि चिकित्सा शिक्षा आयोग मौन बसेको छ । नेपालमा लिइने परीक्षामा भारतीय दलालको संलग्नता देखिएको हुनाले, के त्यस क्षेत्रकै मानिसको संग्लनता त छैन? भन्ने कुराको जाँच चिकित्सा शिक्षा आयोगले गर्नुपर्छ । बायोम्याट्रीक हाजिरी लिने प्रावधान भएपनि त्यो किन लागू हुन सकेन? त्यसको उत्तर चिकित्सा शिक्षा आयोगले दिनु पर्छ ।

विगतका दिनमा चिकित्सा क्षेत्रमा हुने गरेका अनियमितता, कमी-कमजोरी रोक्न चिकित्सा शिक्षा आयोग गठन गरियो तर उपलब्धि भने पाउन सकिएन । यसरी नक्कली परीक्षार्थीहरु खडा गरी परीक्षा दिने जस्ता कार्यले गर्दा जेहन्दार विद्यार्थीहरूको डाक्टर बन्ने सपना नै चकनाचुर​ बनाएको छ । छात्रवृत्तिमा नाम निकाल्न वर्षौं कुरेका विद्यार्थीहरूको जीवनमाथि खेलवाड भएको छ । एमबिबिएस पढ्ने विद्यार्थीहरु नै नक्कली परीक्षार्थी भए पछि अरुले कसरी छात्रवृत्ति पाउने ? त्यसैले चिकित्सा शिक्षा आयोगले गरेको यो लापरवाहीको बारेमा ध्यानाकर्षण गराउनु पर्छ, आजसम्म भएका कमी-कमजोरी अबको दिनमा पनि हुन सक्छ त्यसैले अहिले नै आवाज उठाउनु जरुरी छ ।

विचारक​ भट्ट चिकित्सा शिक्षाको परीक्षार्थी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्