श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुका अभिभावकहरुको ४ दिने कार्यशाला सम्पन्न

काठमाडौँ । श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुका अभिभावकहरुको ४ दिने कार्यशाला १७ गते विहीबार सम्पन्न भ​एको छ । चैत्र १४ गतेदेखि सुरु भ​एको कार्यशालामा मोरङ, कास्की, रूपन्देही, काठमाडौँ उपत्यका वरपरका श्रवणदृष्टि विहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले सहभागी जनाउनुभएको थियो । श्रवणदृष्टि विहीन भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । स्कुलले भर्ना नलिँदा आफ्ना सन्तानले सिक्न पाउने तथा समाजमा पुनःस्थार्पना हुने अधिकारबाट बञ्चित भएको भन्दै पढ्न पाउनुपर्ने माग गरेका हुन् ।

कार्यशालामा बोल्दै श्रवणदृष्टि विहीन अभिभावक समाजका अध्यक्ष लाक्पा नुर्वे शेर्पाले यस किसिमको अपाङ्गता भएका बालबालिकालाई स्कुलले भर्ना लिए, आवश्यक सहयोग संघको तर्फबाट उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । “अपाङ्गता भएका बालबालिकालाई हेर्ने अभिभावकको मात्र कर्तव्य होइन । स्थानीय सरकार तथा शैक्षिक संस्थाले पनि समन्वय गरेर त्यस्ता बालबालिकालाई सिक्ने अवसर प्रदान गर्नु उहाँहरुको पनि नैतिक दायित्व हो,“ अध्यक्ष शेर्पाले भन्नुभयो । उहाँले केही समयका लागि पढाउने शिक्षक, अभिभावक र यातायातको समेत व्यवस्था संघले गर्ने र सम्बन्धित स्कुलकै शिक्षकलाई समेत तालिम दिन सकिने बताउनुभयो ।

कार्यशालामा बोल्दै श्रवणदृष्टि विहीन अभिभावक समाजका अध्यक्ष लाक्पा नुर्वे शेर्पा

त्यस्तै, कार्यशालामा बोल्दै ’श्रवणदृष्टि विहीन बालबालिकाका लागि समावेशी शिक्षा प्रवर्द्धन परियोजना’ संयोजक शंकर सिंह चैसिरले श्रवणदृष्टि विहीन बालबालिकाले अन्य विद्यार्थीसँगै शिक्षा हासिल गर्न पाउनु समावेशी शिक्षा अधिकार भएको बताउनुभयो । इन्द्रियहरुले सूचना लिने काममा आँखा र कानको मात्र ९५ प्रतिशत योगदान हुने भ​एकाले श्रवणदृष्टि विहीनता एक जटिल प्रकृतिको अपाङ्गता भएको र समावेशी शिक्षा नीतिको कार्यान्वयनका लागि पनि यस वर्गका बालबालिकाले स्कुल भर्ना हुन पाउनुपर्ने माग‍ दोहो¥याउनु ‍भयो ।

कार्यशालामा बोल्दै ’श्रवणदृष्टि विहीन बालबालिकाका लागि समावेशी शिक्षा प्रवर्द्धन परियोजना’ संयोजक शंकर सिंह चैसिर

वि.सं. २०६८ जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ०.०३७ प्रतिशत (९,७१४) श्रवणदृष्टि विहीनता भ​एका व्यक्तिहरु रहेका छन् ।

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरु र तिनका अभिभावक

यो पनि पढ्नुहोस्…

नेपालमा श्रवणदृष्टि विहीनताको वर्तमान अवस्था र आवश्यकता

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्