नेशनल प्याब्सन, काठमाडौँ जिल्ला समितिको साधारण सभा सम्पन्न

नेशनल प्याब्सन, काठमाडौँ जिल्ला कार्यसमितिको साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको शनिवार होटल एल्लो प्यागोडामा सम्पन्न बार्षिक साधारण सभामा समितिका उपाध्यक्ष मनोज अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन समितिका सचिव अमृत कुमार खड्काले गरेका थिए ।


नेशनल प्याब्सन, काठमाडौँ जिल्ला समितिका अध्यक्ष खड्क बस्नेतको सभापतित्वमा आयोजित साधारणसभामा प्रमुख अतिथि ७ औँ अधिवेशनबाट सहमतिमा अध्यक्ष चयन भएका पाण्डव हमाल रहनुभएको हो । यसैगरी विशिष्ट अतिथिको रुपमा संस्थाका संस्थापक गिता राणा, सल्लाहकार कर्ण बहादुर शाही, स. अध्यक्ष सुवास न्यौपाने लगायत अन्य अतिथिहरु कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।


कार्यक्रममा जिल्लाको आर्थिक प्रतिवेदन गैन्द्र लामाले प्रस्तुत गर्नुभएको थियो । यसैगरी सांगठनिक प्रतिवेदन अध्यक्ष खड्क बस्नेतले प्रस्तुत गरेको हो । सात ओटै नगर प्रमुख तथा महानगर प्रमुखले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्