छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड स्कुलको आयोजनामा हुने छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्किडका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले यहि फागुन १३ गतेदेखि हुने फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो ।
सेभेन ए साइड फर्मेटमा हुने प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने र शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । फाइनल फागुन २० गते हुने छ ।
पत्रकार सम्मेलनमा प्रिन्सिपल कार्कीले संस्थागत विद्यालयहरुबीच भाइचाराको सम्बन्ध अझ अभिबृद्धि गर्दै लैजानुका साथै विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको थालनी गरेको बताए।
अर्किडका सस्थापक प्रेमकुमार भुजेलले कोरोना भाइरसका कारण अधिकांस समय मोबाइलमा व्यस्त रहने विद्यार्थीलाई चलायमान बनाउन र उनीहरुको मनोबल माथि उकास्न प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
अर्किडका संयोजक नरेन्द्रप्रसाद पाण्डेयले जुनियर स्तरबाटै भविष्यका खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा अर्किडले जुनियर प्रतियोगितामा विशेष जोड दिदै आएको धारणा व्यक्त गरे ।
यसअघिको पाँचौं संस्करणको उपाधि केभीएसले जितेको थियो ।

सुविधा सम्पन्न विद्यालय भवन, बालमैत्री कक्षाकोठा लगायत दक्ष शिक्षक शिक्षिकाबाट अध्ययन अध्यापन गराउदैँ आइरहेको अर्किडले छोटो समयमा नै गुणस्तरीय शिक्षामा फड्को मारेको छ । कुशल व्यवस्थापन, आफ्नै खेल मैदान, अतिरिक्ति क्रियाकलाप, साँस्कृतिक कार्यक्रम, डान्स आइडल, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, साहित्यिक गतिविधि, कविता र निबन्ध प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापमा समेत अग्रणी स्थानमा रहेको अर्किड स्कुल अधिकांशको रोजाई बन्न पुगको छ ।

नर्सरी देखि कक्षा १० सम्मको पढाई हुने यस विद्यालयले आफ्ना बिद्यार्थीहरुलाई दक्ष र प्रतिस्पर्धी बनाउनकालागि यस शैक्षिक संस्थाले अध्ययन अध्यापन तथा अतिरिक्त क्रियाकलापमा विशेष ध्यानदिने गरेको छ । विश्वमा विकसित पछिल्ला प्रविधि अपनाएर बिद्यार्थीहरुलाई पढाउने गरेको छ यस स्कुलले । यस शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति संसारका कुनै पनि देशमा प्रतिस्पर्धा गर्न सक्षम छन् । विद्यार्थीहरुको पठनपाठन नतिजा लगायत बहु आयमिक क्षमता अभिवृद्धि गर्नेतर्फ समेत ध्यानदिदै आईरहेको अर्किड स्कुलले शिक्षण तथा सिकाई विधिलाई वैज्ञानिक, व्यवहारिक तथा बिद्यार्थी केन्द्रीत बनाउँदै परिणाममुखी शिक्षा प्रदान गर्दै आईरहेको छ ।

समयको माग अनु्सार यस स्कुलमा कम्प्युटर शिक्षाको महत्वलाइ मुख्य प्राथमिकता दिएर अध्यापन हुनेगरेको छ भने विज्ञान र अनुसन्धानको क्षेत्रमा शिक्षाको पहुँच पुर्याउन विज्ञान र प्रविधिमैत्री शिक्षालाई पनि उत्तिकै जोड दिइएको छ । यस स्कुलमा सुविधा सम्पन्न पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, सभाकक्षाको समेत व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्