विश्वकप छनोट : फिलिपिन्सविरुद्ध सानदार जितपछि नेपाल सेमिफाइनल नजिक

काठमाडौं – टी २० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बनेको हो । रनको हिसाबले नेपालको यो तेस्रो ठूलो जित हो ।

दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ । कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए । पाँचौँ ओभरमा कुशल मल्ल पनि १२ रन बनाएर आउट भए । त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई विशाल योगफल तर्फ डोर्‍याए । नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । उनको यो टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्