सरकार नै प्रकाशक रहेको किताबमा चुच्चे नक्सा गायब, प्रधानमन्त्री देउवाले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग

काठमाडौँ – नेपाल सरकार प्रकाशन रहेको किताबमा नै चुच्चे नक्सा गायब गरिएको छ । तस्विरमा सरकारका १०० दिन पुस्तकमा नेपालको चुच्चे नक्सा गायब भएको छ । संसदले नेपालको चुच्चे नक्सा पास गरेर नयाँ निशान छाप जारी गरेको थियो । नेकपा एमालेका प्रभावशाली नेता योगेश भट्टराईले चुच्चे नक्सा गायब भएको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको चर्को आलोचना गरेका छन् । उनले भनेका छन्, ‘

चुच्चे नक्शा गायब !
नेपाल सरकार प्रकाशक रहेको तस्वीरमा सरकारका १०० दिन पुस्तकमा नेपालको सम्सदले सर्बसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्शा कता गयो प्रम देउवाज्यु ? कि तपाईंलाई सम्सदको निर्णय मान्य छैन ? होईन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्