प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ – नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ । आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले महाभियोग लोकतन्त्रमाथि प्रहार र गणतन्त्रमाथि कमजोर बनाउने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै यस्तो प्रवृतिको प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले सचिवालयको निर्णय अनुसार सोमबार बस्ने संसदीय दलको बैठकमार्फत थप निर्णय गरेर संसदीय अभ्यासमार्फत प्रतिवाद गर्ने बताए । आइतबार सत्ता गठबन्धनले प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्