कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु

काठमाडाैँ – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो ।

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्य थालनी भएको छ । निकुञ्ज कार्यालयका अनुसार बाघ सर्वेक्षणको लागि २ किलो मिटर लम्बाइ तथा २ किलोमिटर चौडाइ भएका २ सय ६० वडा ग्रीडहरुमा विभाजन गरिएको छ । तीन हप्तामा बाघ गणना सम्पन्न हुनेछ । बाघ सर्वेक्षणका लागि कुल ५ सय २० थान क्यामेरा, ७० जना प्राविधिक र ५ ओटा हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्