दाङको तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु

सांकेतिक तस्विर

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्