आज र भोलि वर्षासँगै हिमपातको सम्भावना

काठमाडौँ – आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न सुरु हुने मौसमविदहरुले बताएका छन । आज यी प्रदेश बाहेक अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ भने काठमाडौँमा बेलुका पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै, आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ । शनिवार मौसम बदली रहने र आइतवारदेखि भने मौसम खुल्दै जाने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्