भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकलाई गृहमन्त्रीको आग्रह

काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।

गृहमन्त्री खाणले आज मङ्गलवार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग गरेर नेपाली नागरिकले तेस्रो देशमा पीडा भोग्नुपरेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गर्नुभएको हो । उहाँले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेमाथि निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।

बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीमाथि बिचौलियाले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाणसँग आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्